सिटिजन लाइफले थप्यो व्यतित बीमालेख पुनर्जागरण गर्दा व्याजमा छुट दिने समय अवधि थप

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने समय अवधि थप गरेको छ ।

अब बीमितहरुले असार ३१ गतेसम्म उक्त छुट सुविधा पाउन सक्नेछन् । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क पुर्ण रुपमा २०८० असार ३१ गतेसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अधि यस्तो सुविधा असार १५ गतेसम्म मात्र थियो अब भने कम्पनीले १६ दिन समय थप गरी असार ३१ गतेसम्म पुर्याएको छ । यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ ।

सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।