असार १५ गते नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा

काठमाडौं । असार १५ गते शुक्रबार नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा हुने भएको छ । उक्त साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गरेको छ। असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।