काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
त्यसपछि, लाइफ इन्स्योरेन्सकर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छ ।