काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७ दशमलव शून्य २ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
कम्पनीको शेयर एचएलआई कारोबार संकेत रहेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।