आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार १ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार १ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई असार २० गतेदेखि बाँकी रहेको ९६ लाख कित्ता सेयरका निष्कासन हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।