काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिको सदश्यमा प्रणय कुमार नियुक्त भएका छन् । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
एलआइसी इन्डियाले प्रणयलाई प्रमुख कार्यकारी अधिकृतमा पठाउने निर्णय गरेर स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।
नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न अनुमति दिएको हो । प्रणय कुमार भित्रिए सँगै लक्ष्मी प्रसाद दास बाहिरिएका छन् ।
प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) हुन् ।