काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा शुक्रबार जेठ २६ गते बस्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा पनि रहेको छ ।
यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव रहेको छ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्तावसमेत छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।
साधारण सभा प्रयोजनका लागि प्रभु लाइफ इन्स्योरेन्सले जेठ १२ गते बुक क्लोज गरिसकेको छ । साधारण सभा, लैनचौर ब्यांकेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।