युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् ।

नेपाल बीमा प्राधिकरणले रावललाई सीईओ बन्नका लागि दिएको हो । प्राधिकरणको स्वीकृतिसँगै उनी सीईओमा नियुक्त भएका हुन् ।

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा उनी नियुक्त भएका हुन् ।