हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा शर्मा नियुक्त

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा निजले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उक्त पदमा अभिलाशा पन्त शर्मालाई नियुक्त गरेको हो ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले शर्मालाई संस्थापक संचालक पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।