प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २६  

महालक्ष्मी लाइफसँग मर्ज प्रस्ताव पनि पेश हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ ।

साधारण सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेश हुनेछ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ ।

गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।  साधारण सभा प्रयोजनका लागि प्रभु लाइफ  इन्स्योरेन्सले आज जेठ १२ गते बुक क्लोज गर्दैछ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।