काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले जेठ ३२ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्दैछ ।
जेठ ११ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गएको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्सएक आपसमा मर्ज भएर सानिमा जीआइसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।