आइजीआई प्रुडेन्सियलको सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन।

बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि काम्पानीले पठाएको फाइल प्राधिकरणले आज स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले बताएका छन।

गत बैशाख २७ गते एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सिल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको स्बीमा कम्पनी हो।

साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

आइजिआईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना आइजीआई प्रुडेन्सियलमा पनि नायव प्रमुख कार्यकारी अधिकृतमा नै यथावत भएका छन् । यो निर्जीवन बीमा क्षेत्रको ५ औ सफल मर्जर हो ।