आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्षबाट सपथ ग्रहण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गर्नुभयो ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।

साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षबा हेम राज ढकाल लाई सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।