काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेवा बन्द हुने भएको छ ।यस कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पुर्ण आवश्यक प्रक्रिया पुरा भई २०८० बैशाख २७ गतेदेखि एकिकृत कारोबार गर्ने प्रयोजनका लागि दुबै संस्थाको तथ्याङक एकिकरण गर्नका लागि संस्थाको विद्युतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहने जनाएको छ ।
उक्त सेवा बैशाख २७ गते बिहान कार्यालय समयदेखि पुनः सुचारु हुने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।





























