काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को न्यूनतम ४० रुपियाँदेखि अधिकतम ५२ रुपियाँसम्मको बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो विभिन्न छ बीमा योजनामा बीमांकको प्रतिहजारमा उक्त दरले बोनस पाइने जनाएको हो ।
महालक्ष्मीले हाल महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल जीवन बीमा, जीवन हेरचाह बीमा, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा, महालक्ष्मी धनधान्य बीमा, महालक्ष्मी सवाधिक आजीवन बीमा योजना संचालन गरिरहेको छ । उक्त बीमाको अवधि पाँचवर्षदेखि पन्ध्र वर्ष तथा २६ देखि ३० वर्षसम्म रहेको छ ।