आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले भदौ ८ गतेदेखि अभिकर्ता तालिम संचालन गर्दै

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले भदौ ८ गतेदेखि भदौ ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।

तालिममा सहभागि हुनका लागि न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सहभागि हुनको लागि नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ ।

तालिम अनलाइन मार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । उक्त तालिममा सहभागिता जनाउनका लागि आवश्यक कागजातसहित भदौ ४ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।