एनएलजी इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल  कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस  शेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गरेको छ ।

साथै सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित भएको हो।

साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो ।