सन नेपाल लाइफ इन्स्योरेन्सले वितरित शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याउँदै

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि (असार २३) अवितरित शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याउँदैछ ।

इन्स्योरेन्स कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए । उक्त हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ ।

यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो ।

जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता (लकइनमा रहेको) र सर्वसाधारण समूहतर्फ १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ । यसमध्ये पनि ४ हजार ४९ कित्ता शेयर लकइनमा रहेको शेयर हो ।