एनएलजी इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा आज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा आज (जेठ २९ गते) बस्दैछ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै साधारण सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरण  छलफल गरी  पारित गर्नुका  साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाका लागि तय भएका छन् । साधारण सभा आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।