हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् जेठ २८ गते एक दिन बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा पनि भाग लिन पाउनेछन् ।

साधारण सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपियाँ बराबरको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्स कम्पनीको साधारण सभा असार १० गते आम्रपाली ब्यांक्वेट, नक्सालमा बिहान साढे १० बजे शुरु हुनेछ ।

गत आर्थिक वर्ष सबै वित्तीय वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने काम पनि सभाले गर्नेछ ।

अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा गत आवमा भएको खर्च अनुमोदन गर्ने रहेका छन् ।