काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।कम्पनीले संस्थापक शेयरधनी शशिरञ्जन कलवार, भीमबहादुर गौचन, मोहनराज जोशी, मोक्ष राज्यलक्ष्मी देवी प्रधान र गणेशकुमार घिमिरेको नाममा कुल ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो ।
हाललाई यो शेयर कम्पनीका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ ।