सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो  वर्षको  यसैअवधिमा यसले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जनका साथै कमिसन आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

खुद बिमा शुल्क आर्जन ७८.१२ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड ६३ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कमिसन आम्दानी २६.२३ प्रतिशतले बढेर ४६ करोड ६६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । लगानी तथा  कर्जाबाट  हुने आम्दानी ३९.६६ प्रतिशतले  बढेर  ६९  करोड ३९ लाख ८४  हजार  रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसाले बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५ पैसा रहेको छ ।