सानिमा जीआइसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।