नेपाल लाइफ इन्स्योरेन्सको असार १८ गते २ आर्थिक वर्षको साधारण सभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असार १८ गते २ आर्थिक वर्षको साधारण सभा एकसाथ बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभाले संस्थापक समूहका सेयरधनीहरुबाट ३ जना तथा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावली संशोधन गर्नेछ ।

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगलबार असार ४ गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असार ४ भन्दा अघिसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । साधारण सभा, भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे सुरु हुनेछ ।