काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बिहीबार फागुन १० गते अन्तिम दिन हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ ।
फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार हुँदैन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यस इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।