एसियन लाइफ इन्स्योरेन्सको फागुन १८ गते वार्षिक साधारण सभा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ ।

साधारण सभा  प्रयोजनका लागि  कम्पनीले आज  मंगलबार  फागुन ८ गते बुक  क्लोज  गरेको छ ।फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।साधारण सभा, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।