काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड २० लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा यसको खुद बिमा शुल्क आर्जन बढेकाले नाफामा वृद्धि भएको हो । खुद बिमा शुल्क आर्जन ६।१० प्रतिशतले बढेर ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ६ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ ।
































