टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेको हो ।

टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि जानकारी गराइएको उनले बताए ।
टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ ।