सीजी, मर्कन्टायल, भायनेटलगायत ९० कम्पनीले बुझाएनन् रोयल्टी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मर्कन्टायल, भायनेट, सीजी, डिशहोम लगायत ९० इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सूचना जारी गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणअनुसार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क नबुझाएको भन्दै प्राधिकरणले सूचना जारी गरेको हो ।

मंगलबार जारी सूचनामा “कुल आम्दानीको चार प्रतिशतले हुने रोयल्टीवापतको रकम र दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोषवापतको रकम” फागुन मसान्तभित्र बुझाउन आग्रह गरिएको छ ।

यी कम्पनीहरूलाई यो रकम पुस मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरे पनि हालसम्म दाखिला नभएको प्राधिकरणले जनाएको छ ।

“मिति २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने दुई महिनाको थप दस्तुरसहित रोयल्टीवापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको रकम यस प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दाखिला गरेको रोयल्टी र आरटीडीएफ रकमको भौचर र अडिटेड वित्तीय विवरण अनिवार्य रूपमा दर्ता गराउन समेत प्राधिकरणले आग्रह गरेको छ ।

यी हुन् हालसम्म रोयल्टी र आरटीडीएफ नबुझाउने कम्पनी–