काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले करका बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजनामा गरेको छ ।
आर्थिक विधेयक २०८०/८१ मा रहेका कर सम्बन्धि परिवर्तित व्यवस्था र त्यसले पारेको प्रभाव तथा समस्या सम्बन्धी छलफल भएको छ ।
संघसंग आवद्ध उद्योगी व्यवसायी, विभित्न्न जिल्ला नगर संघ तथा वस्तुगत संघको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले कर सम्बन्धी बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई करका कारण परेका समस्याबारे जानकारी गराए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेपाल फ्रेट फरवार्डस संघबीच नेपालमा निर्मित वस्तुहरुको निर्यात गर्दा जारी गरिने उत्पतिको प्रमाणपत्र सघबाट जारी गराउने बिषयमा सम्झौता भएको छ ।