आज श्री डिष्टिलरीको साधारण सभा

प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने

काठमाडौं । श्री डिष्टिलरीको वार्षिक साधारण सभा आज फागुन ४ गते हुँदैछ । कम्पनीले उक्त सभा एभोकाडो क्याफे बालुवाटारमा दिउँसो २ बजे गर्ने जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान, हिसाव नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक र सर्वसाधारणलाई विक्री गरिने शेयर प्रतिशत संशोधन गरी नियमावलीको सम्बन्धीत नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।