वीरगञ्ज । बिल बिजकभन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामान बोकेको मालबाहक कन्टेनर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डबाट ना४ख ३९८४ नम्बरको मालबाहक कन्टेनर रोकेर जाँच गर्ने क्रममा बढी मालवस्तुहरू लोड रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
बिल बिजक शंकास्पद देखिएको हुँदा अन्दाजी मूल्य ६० लाख ८८ हजार ५६८ रुपैयाँ बराबरको कन्टेनर र कन्टेनरभित्र लोड रहेको मोबिल, कपडा, हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा समानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।