काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आफ्ना उत्पादनलाई भारतमा निर्यात थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित बालाजी सिमेन्टबाट उत्पादित सिमेन्ट सोमबार जेठ २० गतेदेखि भारत निर्यात गर्न थालेको कम्पनीले जनाएको छ ।
बालाजी सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस) ले गुणस्तर सम्बन्धी इण्डियन स्ट्याण्डर्ड इन्स्टिच्युट (आइएसआई) चिन्ह दिए लगत्तै सिमेन्ट निर्यातको बाटो खुलेको कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले बताए ।
पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएकोछ ।
यहाँको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएको हो । जिल्लाबाट पहिलो पटक सिमेन्ट भारत निर्यात भएको उनले बताए । विस्तारै निर्यात परिमाण बढाउँदै लैजाने उद्योगको लक्ष्य छ ।
भारतमा आईएसआई गुणस्तर चिन्ह नपाएका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आइएसआई चिन्ह पाएको थियो ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको उद्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले बताए । उद्योगले बाहुबली र श्रृष्टी ब्रान्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
बालाजी सिमेन्ट इन्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ ।
बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ । पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको छ ।
२ वटा ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात गरिएको उनले उल्लेख गरेका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात थालिएको हो ।
निर्यातको मात्रा बढाउँदै लैजाने उनले बताएका छन् । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने प्रावधान छ ।
यी उत्पादनले नेपालमा समेत एनएस चिन्ह नलिई सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगका सन्दीपकुमार गाडियाले वर्तमान असहज एवम् आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने काम शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको प्रतिक्रिया दिएका छन् ।
प्रबन्ध निर्देशक अग्रवालका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बहुवली र श्रृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
बालाजी सिमेन्ट इण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान गरिएको उनले बताए ।