काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर (असोज ७ गते) आइतबार सूचीकृत भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ ।अब सोमबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।
‘एमइएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । यस हाइड्रोपावरले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।