काठमाडौँ । बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.द्वारा प्रवर्द्धन गर्न लागिएको ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
नेपाल बिद्युत् प्राधिकरणका अनुगमन तथा सुपरीवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले पीपीएमा हस्ताक्षर गरे ।
गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको सो आयोजनाको नेतृत्व एनआरएनएका सचिव एवम् व्यवसायी खगेन्द्र न्यौपानेले गरेका छन् ।
उक्त हाइड्रोको सञ्चालक समितिमा आनका महासचिव कृष्ण घिमिरे, सरोज धिताल, जोन घले र इन्द्रबहादुर ढकाल रहेका छन् ।
यही टिमले यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर निर्माण गरेको थियो । विकाश हाइड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि सुपर माछाखोला जलविद्युतत आयोजना गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
यस्तै अर्का सञ्चालक कृष्ण घिमिरेले विकास हाईड्रोलाई जस्तै यो प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै अर्को हाइड्रो पनि निर्माण गर्ने बताए ।