skip this prime bank skip

घलेम्दी हाइड्रोले २००% हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले नवौ साधारण सभाबाट पारित गरे बमोजिम हकप्रद शेयर निष्कासन गर्न बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ ।

शुक्रवार भएको सम्झौतामा घलेम्दी हाईड्राका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।

कम्पनिका सचिव अनिल पौडेलका अनुसार सांग्रिला उर्जा लिमिटेड द्धारा प्रर्वदित छुजुङ्ग खोला जलविद्युत आयोजना ६३ मे.वा. मा ५१ प्रतिशत भन्दा बढि शेयर कायम हुने गरि १ः२ हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

यस अघि मिति २०८० बैशाख १६ गते सम्पन्न साधारण सभाबाट हकप्रद शेयर सम्बन्धी प्रस्ताव उल्लेख शेयरधनीहरुको सहभागिताका साथ पारित गरेको थियो ।