काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज आइतबार वैशाख १७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो ।
यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कस्तो छ रेटिङको अवस्था रुरेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ मंसिर २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।