काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले माघ २३ गते दोर्दी खोला जलविद्युतलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।
अब कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।




























