काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिलो वर्षको भन्दा २४.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले २ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ९ करोड ७८ लाखबाट बढेर १० करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
जसकारण कम्पनीको नाफा बढ्न गएको हो । यता, म्पनीको वित्तीय खर्च पनि ३ करोड १८ लाखबाट घटेर २ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।
हाल यसको चुक्ता पुँजी ६१ करोड ५९ लाख रुपैयाँ रहेको छ भने अदर इक्विटीमा ३ करोड ८९ लाख रहेको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ ११६.१५ रुपैयाँ छ ।