हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर बिक्रीका असार २० गते बुक क्लोज गर्ने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।