काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा बोलाएको छ ।शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त बैठक असार ३१ गते बस्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।
सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ। साधारण सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।
लाभांश प्रयोजनार्थ संस्थाको सो साधारणसभा धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। र बुक क्लोज यही असार २० गर्ने निर्णय गरेको छ। असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।