काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आजदेखि असार १७ गतेसम्म शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
बैंकको सो शेयर खरिदको लागि न्युनतम मूल्य प्रति कित्ता १२६ रुपैयाँका दरले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खरिद आवेदन दिन सक्नेछन् ।