सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरूसँग ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । उक्त सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकले सम्झौता भएका संस्थाहरूका सेवामा छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकले आदर्शनगर, वीरगञ्जमा अवस्थित क्याफे मोकाका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने बताइएको छ । यसैगरी ब्राह्मचोक, वीरगञ्जमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरूमा पनि अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै, आदर्शनगर, वीरगञ्जमा अवस्थित माल्ट एन्ड माल्ट प्रालिका सेवाहरूमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

सिटिजन्स बैंकले १८४ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत सेवा दिँदै आएको छ ।