कुमारी बैंकद्वारा विकट चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य सबैले दुईदेखि तीन दिनको बाटो हिँड्नु पर्छ ।

त्यही कष्टलाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले गत जेठ ३ गतेका दिन काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ ।

कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकहरूका लागि चौतर्फी रूपमा सेवा–सुविधा पु¥याउने कार्यलाई निरन्तरता दिने कुराकोे प्रतिबद्धता जनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।