काठमाडौँ । सनराइज बैंक लिमिटेडका ग्राहकहरूले अबदेखि केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट पाउने भएका छन् । बैंक र देवयानी इन्टरनेशनल नेपालबिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सम्झौता भएसँगै बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् ।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
सो सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहक वर्गहरूले बैंकको मोबाइल बैङ्किङ्ग एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपाल पे स्क्यान गरी देवयानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु हुने बैंकले जनाएको छ ।