राजश्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुनेछ

काठमाडौं । अर्थमन्त्रीसहितको बजेट बनाउने विज्ञ समूहले बजेटका स्रोतलाई कसरी हचुवाका भरमा प्रक्षेपण गर्छन भन्ने अर्को एउटा उदाहरण फेला परेको छ ।

विगतमा कृष्णबहादुर महरा अर्थमन्त्री हुदाँ राजश्वको स्रोतमा सरकारले एक खर्ब रुपैयाँ गलत तथ्याङ्क राखेर बजेट बनाएको थियो । अहिले आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा राजश्वका प्रमुख स्रोतमा लक्षित दर एउटै राखेर अर्को लापरवाही गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत राजश्व अनुमान संशोधन गर्दै आगामी असार मसान्तसम्म ११ खर्ब ४३ अर्ब ७८ रुपैयाँ (राजश्व बाँडफाँट सहित) संकलन हुने भनेका छन् ।

यस्तै, आगामी बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएको छ । यो चालु आर्थिक वर्षको पछिल्लो संशोधित लक्ष्यको २४.३७ प्रतिशत बढी हो । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।