काठमाडौँ ।आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।