काठमाडौं । प्रणालीमा तरलता वृद्धि हुन थाल्दा अन्तर बैंक ब्याज दर ७ प्रतिशत भन्दा कम नै बस्न सफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २२ गतेको अन्तर बैंक ब्याज दर ६ दशमलव ६६ प्रतिशत छ ।
बैंकहरुमा एकै दिन ५ अर्बले निक्षेप वृद्धि भएको छ । जेठ २१ गते ५५ खर्ब २५ अर्ब रहेको निक्षेप जेठ २२ गते ५५ खर्ब ३० अर्ब पुगेको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्बले निक्षेप वृद्धि भएको थियो भने विकास बैंक र फाइनान्समा १ अर्बले निक्षेप वृद्धि भएको थियो । सिडी रेसियो पनि घटेको छ ।
जेठ २२ गते ८४ दशमलव ४९ प्रतिशत सिडी रेसियो कायम भएको छ । अघिल्लो दिन सिडी रेसियो ८४ दशमलव ५२ प्रतिशत थियो ।