आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।