मौद्रिक नीतिको समीक्षा भोली सार्वजनिक गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार बिहान बोर्ड बैठक बस्ने र मध्यान्नमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालका लागि ल्याएको अन्तिम मौद्रिक नीतिको यो पहिलो समीक्षा हो । मौद्रिक नीतिको समीक्षापूर्व बुधबार बैंकर्स संघका पदाधिकारीसँग छलफल भएको छ ।